२६ माघ, २०८२: झापा गौरीगञ्जका बासिन्दाहरुले पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गोवर र गुँईठाका बारेमा दिएको अभिव्यक्तिलाई तोडमोड नगर्न चेतावनी दिएका छन् । आईतबार अध्यक्ष ओली समेत गौरीगञ्ज पुग्नु भएको समयमा स्थानीयले गोवरको सहि उपयोगका बारेमा अध्यक्ष ओलीले बोल्दा पनि केहि व्यक्तिहरुले तोडमोड गरेर भ्रम छर्न खोजेको उनीहरुले बताए ।

‘गोवर कृषिका लागि उपयोगी छ, यसलाई बरु गोवर ग्यास बनाएर उपयोग गर्दा राम्रो हुन्छ । यसको दैनिक प्रयोगले मानव स्वास्थ्यलाई हानी गर्छ’ गौरीगञ्ज ३ का श्रवण गिरीले भन्नुभयो, ‘यति सामान्य कुरालाई कसैले अनावश्यक रुपमा तोडमोड गरेर दुष्प्रचार गर्छ भने त्यो राम्रो हुँदैन ।’ पूर्वप्रधानमन्त्री ओलीले आफ्नो ठाउँमा मात्र विकास गरेको र अन्यत्र ध्यान नदिएको बताउनेहरुलाई उहाँले प्रश्न पनि गर्नु भयो, ‘हुम्लामा कस्ले मोटरबाटो लग्यो, दैलेखको ग्यास कस्ले उत्खनन् गरायो, मदन भण्डारी राजमार्ग कस्ले विस्तार गर्यो, क्रिकेट स्टेडीयम कस्ले बनायो ? त्यस तर्फचाँहि केहि नबोल्ने अनि अनेक अफवाह फैल्याउने ?’

आसन्न प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेद्वार समेत रहनु भएका ओली केहि दिन देखि आफ्नै निर्वाचन क्षेत्रका मतदातासँगको भेटमा सक्रिय रहनु भएको छ । आज उहाँले गौरीगञ्जका विभिन्न टोलमा पुगि मतदाताका कुरा सुन्ने कार्यक्रम छ ।



94 पटक हेरिएको 


