तपाईको मतदानले मुलुक रहने र नरहने निर्णय गर्दैछ: दाहाल

गौगिञ्ज १९ माघ ,

नेकपा एमालेका केन्द्रिय सदस्य तथा झापा निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालले यो निर्वाचन मुलुक रहने कि नरहने बीचको भएकाले सबैले देश बचाउन लाग्नु पर्ने बताउनु भएको छ ।


झापाको गौरीगञ्जमा आज पार्टीको गौरिगञ्ज गाउँपालिका स्तरीय निर्वाचन प्रचार प्रसार समितिको घोषणा सभालाई सम्बोधन गर्दै उक्त धारण राख्नु भएको हो । अव फागुन २१ गते हुने निर्वाचनमा तपाईले गरेको मतदानले मुलुक रहने कि नरहने निर्णय समेत गर्दैछ । त्यसैले सबैले मतदान गर्दा देश ध्वस्ता पार्ने कि निर्माण गर्नेको पक्षमा गर्ने हो सोचेर एमालेको देश बनाउने अभियानमा लाग्न आग्रह गर्नुभयो । बिगतका बर्षहरुमा जस्तो यो वा त्यो पार्टी हार्ने वा जित्ने निर्वाचन मात्र नभएको बताउनुभयो ।


जब जब नेपामा ठुलो संकट आइलाग्छ, यो समयमा नेकपा एमालेको भूमिका महत्वपूर्ण रहदै आएको छ । त्यो २०६२/६३ को आन्दोलनमा होस् या भारतले लगाएको नाकाबन्दीको अवस्थमा होस् अथवा सबिधानसभाको निर्वाचन देखि सबिधान जारी गर्दाको अवस्था होस् एमालेको भूमिका निर्णायक रहेको इतिहास छ ।


केन्द्रीय सदस्य दाहालले अगाडी भन्नुभयो, अहिले मुख्य चुनौती भनेको साइवर वार मार्फत जनतामा फैलाएको नकारात्मक भ्रम चिर्नु हो । यस्ता भ्रम चिरेर जनतालाई सत्यतथ्य कुरा पुर्याउन आवश्यक छ । यो काम हामीले हाम्रा पार्टी संगठन जनसंगठन मार्फत घरघरमा पुर्याउन सक्नुपर्छ ।
नेपालमा बन्दुकबाट गरिएको युद्ध असफल भइसकेकोछ त्यसैले अव ब्यालेट मार्फत देश बचाउनुु पर्ने मोडमा पुगेको छ । मुलुकमा सिंहदरवार, सर्बोच्च अदालत, सम्पदादेखि पालिका भवन, ब्यक्तीका घर सम्पति समेत जलाएर ध्वस्ता पार्ने मानिस अहिले साइवर मार्फत भ्रम छरेर जनता अलमल्याउन डाट्दै आउदैछन् । यस्ता मानिसको भ्रममा नपर्न सबैलाई आग्रह गर्नु भएको छ ।


जेएनजी आन्दोलनमा उठाइएका जम्मा ३ वटा माग थिए । देशमा सुशासन, भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जाल खुलाउनु पर्ने माग थिए । यसबीचमा अहिले रास्वपाबाट चुनाव लड्न आएंका उम्मेद्ध्वारले खटाएका मानिसको घुसपेटमा निषेधित क्षेत्र तोड्न उक्साएको प्रमाण अहिले धमाधम बाहिर आइरहेका छन् । त्यसैले यस्ता भ्रामक कुराको पछि नलाग्न मतदातालाई आवह्रान गर्नुभएको छ ।


सोही कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य दिपक कार्कीले जेएनजी आन्दोलनपछि जनतालाई मोवाइल एप मार्फत जनता झुक्याउन केही परदेशी उम्मेद्वार आइरहेकाले मतदाता सचेत हुनु पर्ने बताउनु भयो । खासगरी झापामा ५ मा काठमाण्डौ माहानगरपालिका चलाउन नसकेर बीचमा छोडेर यहाँ चुनाव लड्न आएका छन् ।


यहाँ उनको कुनै साइनो छैन । भोली कहाँ हराउने हुन् टुङ्गो छैन । त्यसैले मुुलुक बनाउने की ध्वस्त पार्ने लाई रोज्ने तपाईहरुको हातमा आएको छ उहाँले बताउनुभयो । कार्यक्रम पार्टीको गाउँकमिटी अध्यक्ष बिस्नु न्यौपानेको अध्यक्षमा भएको थियो भने सचिव कृष्ण महत्तोले सञ्चालन गर्नुभएको थियो , कार्यक्रममा उपाध्यक्ष राजकुमार राजवंशीले स्वागत मन्तब्य राख्नु भएको थियो ।

एमालेको ५०७ सदस्यीय निर्वाचन प्रचार प्रसार समिति
नेकपा एमालेले आज गौरिगञ्जमा ५०७ सदस्ययीय निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको छ ।


समितिको संयोजक सर्वतलाल राजवंशी रहनु भएको छ भने ह्रृदय ठाकुर, श्याम ढकाल र मनिका मनिका राई सहसंयोजक रहनु भएको छ । यसरी नै सचिवमा कृष्ण महतो र सहसचिवमा अशोक ताजपुरिया रहेका छन् ।
भेलाले मनोज दाशको सयोजकत्वमा २१ सदस्यीय नेशनल भोलेन्टियर्स युथ फोर्स समेत गठन गरिएको छ । निश्चल राई,चक्र भुजेल र दुर्गा राजवशी सहसंयोजक रहेका छन् । यसरी नै फोर्सको सचिव परमेश्वर ताजपुरिया रहनु भएको छन् ।

Facebook Comments Box

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार