चितवन । नयाँ शक्ति नेपाल पार्टी चितवन निर्वाचन क्षेत्र नं. १ को पुरै कमिटी नेकपा एमालेमा समाहित भएको छ ।
संयुक्त वाम गठवन्धनबाट निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभामा उम्मेदवार रहेका सुरेन्द्र पाण्डेलाई समर्थन गर्दै एमालेमा समाहित भएको हो ।
नयाँ शक्ति नेपाल पार्टी क्षेत्रीय कमिटीका संयोजक लालमणि कुँवर र नेकपा एमालेका क्षेत्रीय कमिटी १ का संयोजक घनश्याम कँडेलले संयुक्तरुपमा विज्ञप्ती जारी गरी एमालेमा समाहित भएको घोषणा गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ- नयाँ शक्ति नेपालका क्षेत्रका संयोजक कुँवरले आगामी दिनमा सबै नेताहरुलाई उचित स्थान दिएर लैजानका लागि एमाले तयार भएको, वाम गठवन्धनको उम्मेदवारलाई सहयोग गर्नु नै अहिलेको आवश्यकता भएकाले एमालेमा समाहित भएको जनाइएको छ ।
Facebook Comments Box



418 पटक हेरिएको 


