काठमाडौं । एएफसी यू-१९ फुटबल च्याम्पियनसिपको छनोट चरणमा नेपालले घरेलु टोली किर्गिस्तानसँग दुई शून्य गोलको पराजय ब्यहोरेको छ । किर्गिस्तानको बिस्केकस्थित डोलेन ओमुरजाकोक रंगशालामा नेपालले खेल सुरु भएको २१औं मिनेटमै गोल खाएको थियो । नेपाली रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै घरेलु टोलीका स्ट्राइकर बोरुबाइभ गुल्झिग...
