दोस्रो म्यूजिक भिडियो अवार्ड-२०१७ युएईको तयारी तीव्र

युएई । दोस्रो म्युजिक भिडियो अवार्ड-२०१७ युएईको राजधानी अबुधाबीमा हुने भएको छ ।

अबुधाबीको फोक्लोर थिएटरमा आगामी डिसेम्बर १ तारिकका दिन बृहत् रुपमा आयोजना हुन लागेको म्युजिक भिडियो अवार्डको सफलताका लागि स्थानीय आयोजक नमस्ते ट्राभलले काम तीव्र गतिमा सुरु गरेको आयोजकका तर्फबाट एकेन्द्र थापाले जानकारी दिएका छन् ।

संगिक्षा फिल्म इन्टरटेन्मेट तथा नमस्ते ट्राभलको आयोजनामा बेस्ट एक्टर, बेस्ट एक्ट्रेस, बेस्ट म्युजिक भिडियो, वेस्ट डाइरेक्टर, बेस्ट कोरियोग्राफी लगायत विभिन्न विधामा अवार्ड वितरण गरिने कार्यक्रम छ ।

साथै उक्त कार्यक्रममा लाइफ टाइम कन्टि्रब्युसन, म्युजिक भिडियो ट्रेन्ड सेटर, स्पेसल कन्टि्रब्युसन लगायतका विधाहरुमा अवार्ड प्रदान गरिनेछ ।

कार्यक्रमको सफलताको लागि करिब ५० जना जनाको जम्बो टोली युएई आउन लागेको छ ।

उक्त टोलीमा नायिका निरुता सिंह, नम्रता सापकोटा, बेनिसा हमाल, श्वेता खड्का, सिपोरा गुरुङ, कलाकार जितु नेपाल, सञ्चारकर्मी नरेश भटराई, विजय आवाज लगायतका हस्तीहरु रहने आयोजकले बताएको छ ।

गत वर्ष प्रथम म्युजिक भिडियो अवार्ड सफलतापूर्वक सम्पन्न गरेको अनुभवका आधारमा यसपालिको कार्यक्रम हरेक दृष्टिकोणले उत्कृष्ट हुने दाबी आयोजकको छ ।

युएईमा क्रियाशील सम्पूर्ण सामाजिक संघसस्था,राजनीतिक संघसंगठन, नेपाली व्यवसायी, तथा रोजगारीको सिलसिलामा युएईमा रहेका नेपाली संगीतप्रेमीहरुलाई कार्यक्रममा उपस्थित भइदिन आयोजकले आहृवान गरेको छ ।

यसपटकको अवार्डमा युएईमा कलाकारिताको क्षेत्रमा क्रियाशील नेपाली कलाकारलाई पनि अवार्डमा सहभागी गराइने आयोजकको तयारी छ ।

रोजगारीसँगसँगै कलाकारिता गरिरहेका नेपाली कलाकारहरुले एउटै मञ्चमा रास्टि्रय स्तरका कलाकारहरुको साथमा अवार्डमा भाग लिन सकिने भएकोले यसपटकको म्युजिक भिडियो अवार्ड विशेष महत्वको रहने नमस्ते ट्राभलका म्यानेजिङ्ग डाइरेक्टर नानुकाजी अर्यालले जानकारी दिएका छन् ।

संगीक्षा फिल्म र नमस्ते ट्राभलको संयुक्त आयोजनामा हुन लागेको यो अवार्ड कार्यक्रमका नेपाली चलचित्रका कलाकारहरुका साथमा पत्रकार, प्राविधिक, म्युजिक भिडियो निर्देशकसहित आयोजक टोलीको उपस्तिथि रहने छ ।

राष्ट्रियस्तरका अवार्ड कार्यक्रममा सहभागी हुनका लागि आयोजकले बरदुबई तथा अबुधाबीमा रहेको नमस्ते ट्राभलमा नोमिनेसनका लागि नोभेम्बर १० भित्रमा आवेदन दिन युएईमा रहेका कलाकारहरुलाई आयोजकले अनुरोध गरेको छ ।

युएईमा छायांकन भएका नेपाली भिडियो मध्येबाट उत्कृष्ट म्युजिक भिडियो, उत्कृष्ट मोडल पुरुष र महिला एकएक जना गरी २ जनालाई अवार्ड प्रदान गरिनेछ ।

त्यसरी नै उत्कृष्ट म्युजिक भिडियो गायक र गायिका -पुरुष र महिला) एकएक जनालाई पनि अवार्ड दिने योजना आयोजकको रहेको छ । साथै उत्कृष्ट म्युजिक भिडियो लिरिक्समा एक जनालाई अवार्ड वितरण गर्ने आयोजकको तर्फबाट थापाले बताएका छन् ।

दोस्रो म्युजिक भिडियो अवार्डको लागि युएईतर्फका विधाहरुको निष्पक्ष मूल्यांकन गर्न एक जुरी बोर्ड आयोजकले तय गरेको छ । यसमा स्वतन्त्र विश्लेषक निमेष गिरी, नेपाली समाज, युएईका अध्यक्ष चन्ऽप्रसाद सापकोटा, नेल्लिज सोसिएल क्लबका अध्यक्ष सालिक सुवेदी, एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठ, एनआरएन मध्यपुर्व उपसंयोजक गोपाल कँडेल, साहित्यकार दलवीर सिंह घायल र लोकगायक गोपीकृष्ण पंगेनी जुरी मेम्बर रहेका छन् ।

नेपाली गीतसंगीतको विकास तथा कलाकारहरुको हौसला वृद्धिका लागि युएईमा रहेको एक व्यावसायिक संस्था नमस्ते ट्राभलले योगदान गर्न पाउनु एक सौभाग्यको विषय भएको बताउँदै यो अवार्ड कार्यक्रमलाई सफल बनाउन युएईमा रहेका सबै कलाप्रेमी तथा संगीतका पारखीहरुलाई आयोजकले आहृवान गरेका छन् ।

करिब १ लाख पचास हजार दिराम्स (४३ लाख रुपैयाँ) को खर्चमा आयोजना हुन लागेको यो अवार्डलाई अनलाइनखबरले अबुधाबीबाट लाइभ प्रसारण गर्ने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार