ग्लोबल आर्इएमर्इ बैंकको अनलाइन कारोबारमा थ्रीडी सुरक्षा

काठमाडौं । ग्लोबल आइएमइ बैंकले आफ्ना कार्ड होल्डरका लागि अनलाइन मार्फत हुने कारोबारको सुरक्षाको लागि थ्रीडि सेक्युरिटी शुरुवात गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

यससँगै ग्राहकहरुले अनलाइन कारोबारको क्रममा कार्डको प्रयोग गर्न सक्ने र यस्तो कारोबार भिषा प्रोसेसबाट प्रमाणिकरण हुने बैंकले उल्लेख गरेको छ ।

विश्वभरका जुनसुकै वेवसाइटमा कार्ड मार्फत कारोबार गर्दा अब ग्राहकहरुले अधिक सुरक्षा प्राप्त गर्ने र यसले बैंकको कार्ड धेरैभन्दा धेरैले भुक्तानी लगायतको लागि ग्रहण गर्ने अवस्था बनेको समेत बैंकले उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार