कैलालीमा पाँच स्थानबाट मनोनयन दर्ताको व्यवस्था

कैलाली । कैलाली जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाका लागि ५ ठाउँबाट मनोनयन दर्ता गर्ने व्यवस्था गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत विष्णु अर्यालले दिएको जानकारी अनुसार निर्वाचन क्षेत्र नम्बर १ को मनोनयन दर्ता जिल्ला कृषि विकास कार्यालय, निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रिय वन कार्यालय, निर्वाचन क्षेत्र नम्बर ३ को जिल्ला सहकारी डिभिजन कार्यालय, निर्वाचन क्षेत्र नम्बर ४ को जिल्ला समन्वय समितिको कार्यालय र क्षेत्र नम्बर ५ को मनोनयन दर्ता गर्ने ठाउँ क्षेत्रीय स्वास्थ्य तालिम केन्द्र तोकिएको छ ।

राजनीतिक दललाई मनोनयन दर्ताका लागि फरक फरक समय तोकिएको बताउँदै मुख्य निर्वाचन अधिकृत अर्यालले मनोनयनका लागि सम्पूर्ण तयारी पुरा भएको बताए ।

मनोनयन दर्ता गर्ने स्थानमा प्रयाप्त मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको र कहीँ कतै थप सुरक्षाकर्मी पठाउनुपर्ने अवस्थामा तयारी हालतमा राखिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाजले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार