उत्तरप्रदेश विष्फोटमा मारिनेको संख्या २२ पुग्यो

नयाँदिल्ली । भारत उत्तरप्रदेशको रायबरेलीस्थित एक ‘पावर प्लान्ट’मा भएको विष्फोटमा परी मारिनेको संख्या २२ पुगेको छ ।

घटनामा ५७ जना घाइते छन् । उनीहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ ।

प्रत्यक्षदर्शी कर्मचारीहरुका अनुसार बोइलर प्लान्टको ट्युबमा भएको विष्फोटको समयमा करिब साढे पाँच सय जना काममा व्यस्त थिए । विष्फोटलगत्तै थप क्षति रोक्ने उद्देश्यले बाहिरका मानिसलाई प्रवेश दिइएन ।

विष्फोटपछि आधा घण्टासम्म उक्त इलाकामा बाक्लो धुँवा देखिएको थियो । मारिने र घाइते हुने अधिकांश करारका कर्मचारी छन् ।

घटनास्थलबाट उद्दारको काम सकिएको रायबरेलीका जिल्लाधिकारी सञ्जय खत्रीले जानकारी दिए । उनका अनुसार बोइलरको पाइप विष्फोट हुँदा ठूलो मात्रामा ग्यास बाहिर निस्किएको थियो । सोही कारण आगो लागेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार