वाम एकताः ऐतिहासिक अवसर पनि, चुनौती पनि

  प्रेमलकुमार खनाल  214 पटक हेरिएको

प्रेमलकुमार खनाल

पुष्पलालको अगुवाइमा वि.सं. ००६ मा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी करिब १४ वर्षसम्म एउटै पार्टीको रुपमा कृयाशील रह्यो । २० को दशकदेखि नेपालको कम्युनिष्ट आन्दोलनमा विभाजनको सुरूअात भयो ।

दोस्रो महाविधेशनमा राजापरस्त दक्षिणपन्थी रुझानका केशरजङ्ग रायमाझीले पार्टीको नेतृत्व हत्याएपछि नै पार्टीभित्र विवादको शुरुवात भयो । वि.सं. ०१७ मा राजा महेन्द्रले बहुदलीय व्यवस्थालाई कु गरेपछि रायमाझीले निरङ्कुस कदमको खुलेर समर्थन गरे । २०१९ मा तेश्रो महाविधेशनपछि पार्टी विभाजनको सुरूअात भयो ।

यसरी २० को दशकदेखि विभाजनको सुरुअात भएको कम्युनष्टि आन्दोलन ३० को दशकमा आइपुग्दा गठन पुर्नगठनको तहमा पुग्यो । ३० को दशमसम्म पुष्पलालले नेतृत्व गरेको पार्टी क्रियाशील रहे पनि छुट्टै नयाँ पार्टी निर्माण गर्ने क्रममा ०३१ सालमा को-अर्डिनेशन कमिटी र ०३५ सालमा माले हुँदै अहिलेको एमाले ०४७ सालमा माले र माक्सवादी मिलेर बन्यो ।
अहिलेको माओवादी पनि चौथौ महाधिवेशन, मोटो मशाल पातलो मसाल, हुँदै अहिलेको माओवादीसम्म र पुष्पलालको निधनपश्चात सहाना प्रधान, मनमोहन अधिकारीले नेतृत्व गरेका पार्टीहरु कृयाशील हुन थाले । ४० को दशकपछि बाम आन्दोलनमा एकता र ध्रवीकरणको शुरुआत भयो ।

०४६ मा निरङ्कुश पञ्ंचायतविरुद्ध आन्दोलन गर्दा सहाना प्रधानको नेतृत्वमा ५ वटा वामपन्थी पार्टीहरु सम्मिलित बाममोर्चा गठन भयो । र, कांग्रेससँग मिलेर पञ्चायतका विरुद्ध संयुक्त जनआन्दोलन भयो । ०४७ मा बहुदलीय व्यवस्थाको पुर्नस्थापनमा संगै नेकपा एमाले र माक्र्सवादी पार्टीवीच एकीकरण भयो र हालको नेकपा एमाले गठन भयो ।

४० को दशकदेखि नै तत्कालीन चौथो महाधिवेशन पक्षधरहरुको पार्टीभित्र सशस्त्र संघर्ष कि शान्तिपूर्ण संघर्ष भन्ने विवादका शुरुवात भयो । ५० को दशकदेखि हालको माओवादी केन्द्रको नेतृत्वमा एक दशकसम्म जनयुद्ध नै भयो । ६० को दशकको शुरुवातदेखि वामपन्थीहरु पुन निरङकुश राजतन्त्रका विरुद्ध एकठाउँमा उभिएर खडा भए । राजतन्त्रको अन्त्य भई मुलकमा गणतन्त्र स्थापना भएपछि वाम आन्दोलनमा मूलतः एमाले र माओवादी राष्ट्रिय राजनीतिको केन्द्र भागमा रहन पुगे । हिंसात्मक राजनीतिबाट शान्तिपूर्ण आन्दोलनको लाइनमा आइपुगेको माओवादी र एमाले वीचमा मूलतः भिन्नता थिएन ।

कार्यनीतिक भिन्नता खासै नभएका यी पार्टीवीच संविधान बन्नुअगावै पार्टी एकता भएको भए अहिलेको संविधान अझ बढी जनता सार्वभौमसत्ता सम्पन्न भएको प्रगतिशील बन्न सक्थ्यो । तर, पनि कतिपय साझा दृष्टिकोणमा समानता भएका कारण यी दुई पार्टीको सहकार्यमा नै संविधान जारी भयो ।

नेकपामा एमालेले आठौं महाधिवशेनदेखि नै वामपंथीहरुवीच एकता गर्ने नीतिलाई अगाडि सारेको थियो । माओवादीले पनि हेटौंडाका महाधिवेशनमा एक्काइसौं शताब्दीको जनवादको कार्यक्रमलाई पारित गरेपछि मुख्य यी वामदलहरुका वीच एकताको कार्यक्रमिक आधार बन्दै गयो ।

यिनै पृष्ठभूमिका वीच भर्खरै सम्पन्न निर्वाचनपूर्व वाम गठबन्धन निर्माण भयो । वाम गठबन्धनको निर्माणलाई जनताले सकारात्मक रुपमा लिए, जसको परिणामस्वरुप झण्डै दुई तिहाईको संख्यामा गठबन्धनका उम्मेदवारहरुले विजयी हासिल गरे ।

वाम गठबन्धन चुनावी तालमेल र पार्टी एकता गर्ने उद्देश्यका साथ भएका कारण यतिखेर यी दुईवटा पार्टीवीच औपचारिक घोषणाका लागि गृहकार्य भइरहेको छ ।

यसरी विगत ५५ बर्षदेखि भिन्नभिन्न चुल्हो चौको बालेर क्रियााशील बाम पार्टीका विचमा संविधान जारीसँगै राजनैतिक क्रान्ति सम्पन्न भएपछि कार्यनीतिक भिन्नता नरहेका कारण अब यो ७० को दशकमा नेपालमा वाम एकीकरण र धु्रवीकरणको दशक बन्दै जाने देखिएको छ ।

एकता ऐतिहासिक बन्ने

एमाले र माओवादी दुईवटा पार्टीको एकताले पहिलो- विराट शक्ति निर्माण हुनेछ र बाम नेतृत्वमा मुलुकमा सत्तामा पुगेर आर्थिक सामाजिक रुपान्तरण गर्न सक्ने आधार बनेको छ ।

दोश्रो- यो एकताले राष्ट्रिय राजनैतिक साथै अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा सकारात्मक सन्देश बन्दैछ । यसले नेपालमा वामपन्थीहरुकै नेतृत्वमा शान्तिपूर्ण आन्दोलनबाट सम्पन्न राजनैतिक क्रान्ति र जनताको मतबाट संसदमा वामपन्थीहरुले दुई तिहाइको संख्यामा हासिल गरेको सफलता र पार्टी एकीकरणको अभियानप्रति विश्वका वाम एवं समाजवादीहरुको लागि अब पर्यटकीय हिसावले मात्र होइन, राजनैतिक हिसावले पनि आकर्षकको थलो बन्नेछ ।

तेश्रो- यी दुबै बामवीचको एकताले बृहत कम्युनिष्ट पार्टी निर्माण भएपछि वाम एकीकरण र धु्रवीकरणको अभियान नै चल्नेछ । अब पुच्छर झुण्डाएका कम्युनिष्टहरुको राष्ट्रिय राजनीतिमा खासै अर्थ रहँदैन ।

चौथो- वामपन्थीहहरु विभाजित हुँदा प्रगतिशील विचार राख्ने समुदाय सक्रिय राजनीतिबाट अलग-थलग भएका वाम एकीकरणको अभियानले सकृय राजनीतिमा सहभागी हुने आधार बन्नेछ । यसले वाम शक्तिको अझै विकास हुने आधार तयार गर्दैछ र यसले समाजवादी विचार राख्ने गैर कम्युनिष्टहरु पनि एकीकृत कम्युनिष्ट पार्टीमा समाहित हुने आधार बबनाउने छ ।

तपाईको प्रतिक्रिया