पोखरा विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय उडान

पूर्व संसार  60 पटक हेरिएको

कास्की,६ असार : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलोपटक अन्तर्राष्ट्रिय उडान भएको छ ।
मित्रराष्ट्र चीनको छेन्दु तियान्फु विमानस्थलबाट सिधा उडान भरेको सिचुआन एयरलाइन्सको चार्टर विमान पोखरा विमानस्थलमा विहान ९ बजेर ६ मिनेट जाँदा अवतरण गरेको हो ।
पोखरा विमानस्थल सञ्चालनमा आएको छ महिनापछि पहिलोपटक अन्तर्राष्ट्रिय उडान भएको हो । विमानमा आएका यात्रुहरुलाई पर्यटन बोर्ड लगायतका संघसंस्थाले माला, खादा र ढाका टोपी लगाएर स्वागत गरेका थिए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गत पुस १७ गते अङ्ग्रेजी नयाँवर्षको अवसर पारेर उद्घाटन गरिएको थियो । विमानस्थलमा हाल व्यवासायिक रुपमा आन्तरिक उडान हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया