सबै पक्षको सहयोग भए मात्र शैक्षिक उपलब्धी हुने- मुख्यमन्त्री हिक्मत कार्की

पूर्व संसार  162 पटक हेरिएको

दमक, माघ १०: प्रदेश न.१ का मुख्य मन्त्री हिक्मत कार्की झापाको दमकका दुई विद्यालयको कार्यक्रममा ब्यस्त रहनु भएको छ । दमक ४ स्थित अडियामहलमा रहेको विधोदय आधारभूत विधालयको स्वर्णमहोत्सव र वडा नं. ३ मा रहेको ढुकुरपानी माध्यमिक विद्यालयको वार्षिकत्सवमा मुख्यमन्त्री कार्की ब्यस्त रहनु भएको हो । विधोदयले आफनो ५०औं वर्षगाँठको स्वर्णमहोत्सव र ढुकुरपानीले ६८ औं वार्षिकत्सव सम्पन्न गरेको छ । विधोदयले आयोजित स्वर्णमहोत्सव कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सबै पक्षको सहयोग भए मात्र शैक्षिक उपलब्धी हुने बताउनु भयो ।

शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यालयका शिक्षक, अभिभावक ,विधार्थी र स्थानिय सरकारको हातेमालो हुन आवश्यक रहेको बताउनु भयो । प्रदेश सरकारको क्षेत्र अधिकार भित्र रहेर विधोदय विधालयलाई सक्दो सहयोग पर्ने नेता कार्कीले बताउनु भयो । विद्यालय ब्यवस्थापन समिति अध्यक्ष भरत बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा दमक नगर उपप्रमुख रेगिना भटराई प्रसाई, पूर्व नगर प्रमुख रोम नाथ ओली जिल्ला शिक्षा समन्वय समिति झापाका प्रमुख राजकुमार विश्वकर्मा,स्वर्ण महोत्सवको कार्यक्रम संयोजक केन्द्र प्रसाई लगायतले विधालयको शैक्षिक ,भौतिक पूर्वधार विकासमा सबैको साथ चाहिनेमा जोड्दिनु भयो ।

कार्यक्रममा विधोदयका पूर्व प्रधानध्यापक कर्ण वहादुर लामा ,विद्यालयका सहयोगदाताहरुलाई दोसल्ला ओढाएर सम्मान पत्र द्धारा सम्मान गर्नु भएको छ । यसै गरी दमक ३ स्थित ढुकुरपानीले आज ६८ औं वार्षिकत्सव विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हिमालय प्रसाद दाहालको अध्यक्षतामा विभिन्न कार्यक्रम गरी मनाएको छ ।कार्यक्रमलाई प्रमुख अतिथि मुख्यमन्त्री कार्कीले सम्वोधन गर्दै समयको माग अनुसारको शिक्षा दिनु पर्ने बताउनु भयो ।

कार्यक्रममा पूर्वप्रधानध्यापक लिला खनालले निशुल्क शिक्षा नामको मात्र रहेको ब्यवहारिक नभएको बताउनु भयो । दमक नगर प्रमुख राम थापा, जिल्ला शिक्षा समन्वय समिति झापाका प्रमुख राजकुमार विश्वकर्मा लगायतले शिक्षा विकास र चुनौतीका विषयमा बोल्नु भएको छ ।

तपाईको प्रतिक्रिया