प्रदेश १ मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त

हरी बस्नेत डिके  158 पटक हेरिएको

विराटनगर ।  नेकपा (एमाले) प्रदेश नम्बर १ संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका छन् । आइतबार साँझ प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

कार्कीलाई प्रदेश सभामा एमालेका ४०, नेकपा (माओवादी केन्द्र)का १३, राप्रपाका ६ र जसपाको एकजना सांसद गरी ६० सांसदको समर्थन छ ।

९३ प्रदेश सभा सदस्यमध्ये सरकार बनाउन ४७ सदस्य आवश्यक पर्छ । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरेका कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका छन् ।कार्कीले सोमबार दिउँसो २ बजे शपथ ग्रहण गर्ने एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।

तपाईको प्रतिक्रिया