बिवाईएससी अमेरिकाले जित्यो प्रथम आमन्त्रण जय हुमागाई स्मृति गोल्ड कप फुटवल प्रतियोगिता

पूर्व संसार  149 पटक हेरिएको

दमक पुस १३- मनकुमार गदाल

बिवाईएससी अमेरिकाले झापाको दमक ३ स्थित बेलडाँगीमा भएको प्रथम आमन्त्रण जय हुमागाई स्मृति गोल्ड कप फुटवल प्रतियोगिताको उपाधि जितेको छ । सलहेश युवा क्लव सिरहालाई १–० गोल पछी पार्दै बिवाईसीले प्रतियोगिताको फाइनल खेलमा उपाधि हात पारेको हो ।

Photo: मनकुमार गदाल

बिवाईसीले उपाधि हात पार्दै नगद ५ लाख ,शिल कप जितेको छ भने उपविजेता सहलेश युवा क्लवले नगद ३ लाख ,शिल ,कप जितेको छ । फाइनल खेलका प्रमुख अतिथि १ न.प्रदेशका सभासद होम बहादुर थापाले विवाईसीलाई उपाधि प्रदान गर्नु भएको छ । खेल शुरु भएको ३४औं मिनेटमा बिवाईसीका जर्सी नं ४ का मेजुयल पेलपोक्सले गरेको गोल नै खेलको निर्णय गोल भयो । खेलको म्यानअफ दी म्याच बिवाईसीका मेजुयल ,उत्कृष्ट गोल किपर पुजन थापा मगर घोषित भए ।

खेलमा सलहेशका टिम क्याप्टेन जर्सी न.३ का सुशिल यादवलाई रेफी श्याम दनुवारले रातो कार्ड दिएका थिए । फाइनल खेल शुरु हुुनु भन्दा अघि कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य तथा नेकपा एमाले प्रदेश सचिवालय सदस्य थापाले खेलकुद बिकासका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

बेलडाँगीमा रहेको खेल मैदानको स्तर उन्नतिको आफूले लागि सक्दो सहयोग गर्ने नेता थापाले बताउनु भयो । जय हुमागाई स्मृति प्रतिष्ठानका अध्यक्ष शिव हुमागाईको अध्यक्षतामा भएको कार्र्यक्रमको विशिष्ट अतिथि सामाजिक अगुवा गगन पुरी, भुटानी शरणर्थी शिविर वेलडाँगी सचिव टिवी राई लगायतले फुटवल खेलका बिषयमा बोल्नु भएको खेल संयोजक टिकाराम कालिकोटेले जानकारी दिनु भयो । प्रतियोगितामा स्वदेश तथा विदेशका विभिन्न ८ टिम सहभागी रहेको थियो ।

तपाईको प्रतिक्रिया