अदिती बुढाथोकीः बोल्ड कि ब्यूटी ?

पूर्व संसार  220 पटक हेरिएको

चलचित्र ‘कृ’कि नायिका अदिती वुढाथोकी झट्ट हेर्दा बोल्ड देखिन्छिन् । अझ, उनको इन्स्ट्राग्रामका तस्बिर हेर्ने हो भने त उनलाई बोल्ड नायिकको रुपमा परिचित गराउन सकिन्छ ।

तर, नायिका वुढाथोकी भने आफू साधारण र सरल भएको बताउँछिन् । माघ २६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कृ’का लागि निकै उत्साहित देखिएकी अदिती आफूलाई सहज हुने पहिरन लगाउन मन पर्ने बताउँछिन् ।

अदितीका अनुसार, उनले एक पटक १ लाख भन्दा बढी मुल्य पर्ने ब्याग किनेकी थिइन् । अहिले पनि उनलाई त्यती महंगो मुल्यमा ब्याग किनेकोमा पछुतो छ ।
अनलाइनखबरको क्यामेरामा विभिन्न पोजमा तस्बिर खिचाउने क्रममा अदिती पहेलो पहिरनमा निकै खुलिन् ।

अदितीसँग गरिएको ‘मस्ती टक’ तपाइले केहि दिनमै अनलाइनखबरमा हेर्न सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया