झापाको अधुरो भौतिक निर्माणको योजना समयमा सम्पन्न गर्न खबरदारी

पूर्व संसार  52 पटक हेरिएको

दमक ,मंसिर १५ डिडस गजुरेल- मंसिर ४ गते सम्पन्न आम निर्वाचनवाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचन साँसद एल. पी. साँवा लिम्वूले निर्वाचन क्षेत्र न.४ झापाको अधुरो भौतिक निर्माणको योजना समयमा सम्पन्न गर्न खबरदारी गर्नु भएको छ । झापाको शिवसताक्षी १० स्थित दोमुखामा निर्वाचित प्रतिनिधि सभा सदस्य साँवाले आज आयोजना गरेको पत्रकार भेटघाट, धन्यवाद तथा आभार प्रकट कार्यक्रममा उहाँले निर्वाचन क्षेत्रको सडक, पुल लगायतका पूर्वधार विकासका योजना समयका सम्पन्न गर्न निर्माण ब्यवसायी र निर्माणको इजाजत दिने सरकारी निकायलाई खबरदारी गर्नु भएको हो ।

झापा क्षेत्र न.४ भित्र निर्माणधिन भौतिक पूर्वधारहरु निर्माण ब्यवसायीको ढिला सुस्ती र निर्माण गर्न लगाउने सरकारी निकायको वेवास्ता कारण लामो समयदेखि अधुरो हुदा त्यसको निर्माण सम्पन्न गर्न गराउन आफूले सरकार ,सदन , निर्माण ब्यवसायी र सम्वन्धि निकायलाई झकझकाउने साँसद साँवाले बताउनु भयो । नेकपा एमालेवाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित साँसद साँवा लिम्वूले सरकारी काम समयमा सम्पन्न गराउन पत्रकारले पनि आफुलाई साथ दिन आग्रह गर्नु भयो ।

पत्रकारको जिज्ञासाको जवाफ दिदै पूर्वधार लगायतका योजनाको गुणस्तरीय निर्माणका लागि सबै पक्षले सजकताको साथ खबरदारी गर्नु पर्ने उहाँले बताउनु भयो । क्षेत्र भित्रका बिकास निर्माण नहुदा सधै जनप्रतिनिधि आलोचित हुनु परेको साँवाले बताउनु भयो । कन्काई र विरीङ्ग लागयतका पुलहरु अझै सम्म निर्माण ब्यवसायी नबनाइदिदा जनताले दुख भोग्नु परेको साँवाको भनाई छ ।

यो,त्यो पार्टी नजिकको निर्माण ब्यवसायीले समयमा काम गरेन भन्ने भन्दा पनि सम्पूर्ण क्षेत्रवाट सबै मिलेर योजना निर्माण चाँडो सक्न दवाव दिनु पर्ने पत्रकारको प्रश्नको जवाफमा एमालेका साँवाले बताउनु भयो । क्षेत्रको बिकास र क्षेत्रवासीको सेवामा ५ वर्ष भरि सक्रिय रहने साँसद साँवा द्धारा जारी प्रेस विज्ञप्तमा उल्लेख छ ।

हिजो निर्वाचनको दौरानमा एमालेको तर्फवाट उम्मेदवार भएर प्रतिष्पर्धा गरे पनि क्षेत्रवासी जनताको प्रतिनिधि भएको हुदा उहाँहरुको शिर उच्च राख्ने गरी काम गर्ने साँवाले प्रतिवद्धता ब्यक्त गरेको विज्ञप्तमा उल्लेख छ । उहाँले आफू निर्वाचित भएपछि कुनै दल वा क्षेत्रका आधारमा फरक ब्यवहार नगर्ने प्रतिबद्धता समेत जाहेर गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया