
मंगलबार चलचित्र ‘कान्छी’को पत्रकार सम्मेलन आयोजना गरियो । पत्रकार सम्मेलनमा नायिका श्वेता खड्का मात्र उपस्थित थिइन् । नायक दयाहाङ राई पत्रकार सम्मेलनमा उपस्थित भएनन् । नायिका श्वेता खड्का पत्रकार सम्मेलनमा भावूक बनिन् । साथमा उनकी आमाको आँखा पनि रसायो ।
एक पत्रकारले किन चलचित्र ‘कान्छी’मा स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठलाई सम्झनुभएन भन्ने प्रश्नमा स्वेता भावूक बनेकी हुन् । स्वेताले भनिन्–‘काया मुभिज बनेको नै नेपाः मुभिज हो । ज्योतिषले नाम केही परिवर्तन गर्दा अझ राम्रो हुने भनेपछि मैले नेपाः मुभिजलाई नै काया मुभिज बनाएकी हुँ ।’
स्वेताले श्रीकृष्णलाई विर्सिएको हो भन्ने प्रश्नको जवाफ भावूक हुँदै दिइन् । उनले भनिन्–‘उहाँलाई विर्सनुभयो भन्नुभयो । मैले उहाँलाई कहिले विर्सिएकी छु र सम्झने ? म उहाँलाई सधै नै मिस गर्छु । मैले उहाँकै लागि यो चलचित्र बनाएकी हुँ । उहाँकै फ्यानका लागि बनाएकी हुँ ।’
आफूले दर्शक र मिडियाको मायालाई कहिल्यै पनि विर्सन नसक्ने बताइन् । यति भन्दै गर्दा स्वेता मात्र होइन उनकी आमा पनि भावूक बनिन् ।