झापा निर्वाचन क्षेत्र नं. १ मा दिउँसो १ बजेबाट गणना सुरु हुने

पूर्व संसार  35 पटक हेरिएको

मेचीनगर । झापा निर्वाचन क्षेत्र नं। १ को मतगणना दिउँसो १ बजेबाट सुरु हुने भएको छ । अहिले सम्पन्न सर्वदलीय बैठकले सो निर्णय गरेको सहायक निर्वाचन अधिकृत रामचन्द्र बस्नेतले जानकारी दिए ।

प्रतिनिधि सभा प्रत्यक्षतर्फ दुई स्थानबाट र प्रदेश सभा १ प्रत्यक्षको एक स्थानबाट गणना सुरु गर्ने निर्णय भएको छ । लगत्तै थप एक स्थान थपगरी प्रदेश सभा २ को समेत गणना सुरु गरिने बस्नेतले जानकारी दिए ।

हिजाे सम्पन्न निर्वाचनमा  झापा क्षेत्र नं.१ मा ८१ हजार ७ सय ६४ मत खसेको  थियाे  । निर्वाचन अधिकृतको कार्यालय मेचीनगर नगरपालिकाका अनुसार झापाका अनुसार क्षेत्र नं.१ मा ८१ हजार ७६४ मत खसेको हाे ।

मतदान गर्नेमा ३९ हजार ४२८ पुरुष र ४२ हजार ३३६ जना महिला मतदाता रहेको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृत टंकबहादुर महतले झापा क्षेत्र न. १ मा १ लाख २० हजार ८८४ मतदाताले मतदान गरेको बताए ।

तपाईको प्रतिक्रिया