सर्वोदय वोर्डिङ स्कुलमा सास्कृतिक पहिरन प्रतियोगिता हुने

राजु पोखरेल  479 पटक हेरिएको

दमक/  दमकस्थित सर्वोदय वोर्डिङ स्कुलमा सास्कृतिक पहिरन  प्रतियोगिता हुने भएको छ ।  बिद्यार्थीहरुलाइ फरक धारणा र सोचाइबाट अध्यन,अध्यापन गराउदै आएको सर्वोदय इङ्लिस स्कुलले यश पटक विद्यार्थीहरुलाइ आफ्नो सस्कृतिको शिक्षा दिदै सम्बर्द्धन गर्न सोमबारदेखि सास्कृतिक पहिरन (cultural dress) प्रतियोगिता गर्ने भएको छ । 

   नृत्य प्रतियोगितामा जितेको पुरस्कारले बृद्दाश्रममा खाना खुवाउने , विद्यार्थीहरुको घरमा शिक्षक पठाइ विद्यार्थीहरुको रुचि तथा अन्य जानकारीका बारेमा अभिभावक सङग अन्तर्कृया गर्ने जस्ता कार्य गर्दै आएको बिद्यालयले कलिला विद्यार्थीहरुमा पश्चिमी सभ्यताले पार्दै गएको असर रोकी आफ्नो सस्कृती प्रती मोह जगाउन यस पटक यहि आउदो सोमबार देखि बिहिबार सम्म ४ दिन सास्कृतिक पहिरन प्रतियोगिता सन्चालन गर्न लागिएको बिद्यलयका प्रिन्सिपल  नवीन योगीले बताए ।” हामी पढाउदैनौ , हामी सिकाउछौ ” भन्ने मुलनारा बोकेको बिद्यालयले यश पटक सबै विद्यार्थीहरुलाइ आफ्नो आफ्नो जात,जाति र सास्कृतिक पहिरन लगाएर आउन सुचना गरेको छ । बिद्यालयका गुणस्तर ब्यब्स्थापन शिक्षक धनकुटे कान्छाका अनुसार  प्रतेक तहमा तीन तीन जना सामाजिक ,नेपाली र अङ्ग्रेजी शिक्षकहरुको मुल्यांकन समिती बनाएको र उक्त मूल्याकंन समितिले ४ दिन सम्म विद्यार्थीहरुले लगाएको सास्कृतिक पहिरनको मूल्याकंन हुने र उत्कृष्ट हुनेलाइ    पुरस्कार प्रदान गरिने बताए । 

 बिद्यलयका  अभिभावक मनोज अधिकारीका अनुसार बिद्यालय पोसाक अङ्ग्रेजहरुले लाउने जस्तो हुने गरेकोमा आफ्नो सस्कृती जोगाउन बिद्यालयले गरेको सास्कृतिक पहिरनमा बोलाएर त्यही पहिरनमा पढाउदै प्रतियोगिता पनि सन्चालन गर्ने योजना बनाएकोमा बिद्यालयलाइ धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यले विद्यार्थीलाई अनुशाशित र सु-सास्कृतिक बनाउने भएकाले बिध्यालयले यस्लाइ नियमित बनाउनु पर्ने  बताए । 

विद्यार्थीहरुको मनोबिज्ञानलाई उच्च प्राथिमकतामा राख्दै बिद्यालयले नियमित रुपमा तेक्वान्दो,अभिनय ,चित्रकला,नृत्य  र गायनको कक्षा पनि सन्चालन गर्दै आएको छ भने बिद्यालयमा नर्स राख्ने दमकको पहिलो बिध्यालय रहेको छ ।

तपाईको प्रतिक्रिया