अमेरिका र स्विजरल्यान्डसँग हवाई सम्झौता गर्न प्राधिकरणलाई अनुमति

पूर्व संसार संवाददाता  199 पटक हेरिएको

काठमाडौँ — सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अमेरिका र स्विजरल्यान्डसँग हवाई सम्झौता गर्न अनुमति दिएको छ । मन्त्रिपरिषद्को पछिल्लो पटक बसेको बैठकले  अमेरिका र स्विजरल्यान्डसँग हवाई सम्झौता गर्न अनुमति दिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए । 

दुई मुलुकसँग हवाई सम्झौता भएमा दुवै मुलुकका हवाई सेवा कम्पनीहरूले एक अर्को मुलुकमा उडान गर्न पाउनेछन् ।

लामो समयदेखि अमेरिका र स्विजरल्यान्डका हवाई सेवा कम्पनीले नेपालमा उडान गर्नका लागि चासो देखाउँदै आएका थिए । नेपालले हालसम्म विभिन्न ४० मुलुकसँग हवाई सम्झौता गरेको छ ।

तपाईको प्रतिक्रिया