नेकपा एमालेको पाँच वर्षे प्रतिबद्धता र २० ग्यारेन्टी

ओलीको अपिल, इतिहासको व्याख्या, पार्टी कार्यक्रमको सैद्धान्तिक संकल्प, पाँच वर्षे प्रतिबद्धता

पूर्व संसार  333 पटक हेरिएको

एमालेले जारी गरेको २० ग्यारेन्टीमा समृद्ध अधिवेशन, नागरिकता नेपालीलाई मात्र, हङ्गर नो लङ्गर, उत्पादन स्वदेशी बजार विदेशी, सुरक्षित छाता सबैको चाहना, कमाइ युवाको रोजाइ, पढाइ भविष्यको जग बसाइ, प्रेसर सुगर भइन्न बिरामी औषधि बेगर, फ्री मिटर दश हजार लिटर, फ्री युनिट ५० युनिट, खेतबारीमा पानी खाडीमा हैन स्वदेशमा जवानी, दिनदिनै सडक विस्तार विकासका पूर्वाधारको आधार, भूमिगत तार सहर बजार, नो लाइन सेवा अनलाइन, पाँच लाख रोजगार न्यूनतम ज्याला २५ हजार, समृद्धिसँगको नाता सबैको बैङ्क खाता, स्वस्थ महिनावारी १५ सय वर्षभरी, फाइभ जी सञ्चार आइटीमा चमत्कार, हामी सामाजिक सभ्य नागरिक र हाम्रो अर्थ १०० खर्ब रहेको छ ।

२०७४ को निर्वाचनमा एमालेले प्रत्यक्ष तर्फ ८० सिट जितेको थियो, समानुपातिक तर्फ ४१ गरी १२१ सिट थियो, सरकार बनाउन कम्तीमा १३८ सिट चाहिन्छ । अरु पार्टीलाई ल्याएर जोरजाम गरी बहुमत बनाइएकाले सोचेकोजस्तो काम गर्ने वातावरण बनेन ।

अहिलेकोजस्तो परम्परागत शैलीले देशको विकास सम्भव छैन, नीतिगत सुधार, प्रशासनिक सुधार गरेर युद्धस्तरमा काम गरेमा मात्र देशले आर्थिक, प्रशासनिक र नीतिगतरुपमा कोल्टे फेर्छ, त्यसका लागि एमाले नेतृत्वको सरकार सक्षम हुन्छ

तपाईको प्रतिक्रिया