हिमालयन बैंकले पाटन दरबार क्षेत्र पुनर्निर्माणका लागि दियो १ करोड

पूर्व संसार  28 पटक हेरिएको

काठमाडौं । हिमालयन बैंक लिमिटेडले पाटन दरवार क्षेत्रको पुनर्निर्माणको लागि काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्टलाई रु. १ करोड सहयोग प्रदान गरेको छ ।

बैंक संचालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले ट्रष्टका कन्ट्री डाइरेक्टर रोहित कुमार रन्जितकारलाई बैंकको पच्चीसौं वाषिर्कोत्सवको अवसरमा ह्यात रिजेन्सीमा आयोजित एक समारोहमा सो सम्बन्धी पत्र हस्तान्तरण गरे ।

बैंकको पच्चीसौं वाषिर्कोत्सवको अवसरमा, बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग गरेको हो ।

तपाईको प्रतिक्रिया