तीन वाणिज्य बैंकको मूल्य ५ प्रतिशतभन्दा धेरै बढ्योकार्तिक १४, २०७९
काठमाडौँ — तिहारपछि खुलेको पहिलो दिनको सेयर बजार दोहोरो अंकले बढेको छ । दिनभर कुल ६९ करोड ७३ लाख रुपैयाँको कारोबार हुँदा नेप्से परिसूचक १६.३९ अंक बढेको हो । सो अंकको वृद्धिपछि नेप्से १८७४ अंकमा कायम भएको छ । कुल ११० कम्पनीको मूल्य बढ्दा ६५ को घट्यो भने १० को स्थिर रह्यो ।

यस दिन वाणिज्य बैंक २०, फाइनान्स १२, होटल तथा पर्यटन ४२, जीवन बीमा २५, उत्पादन ३०, माइक्रोफाइनान्स १४, निर्जीवन बीमा २३, जलविद्युत् १, अन्य २० र व्यापार उपसमूह २० अंक बढे । विकास बैंक उपसमूह भने १३ अंक घट्यो ।
तीन वाणिज्य बैंकको मूल्य ५ प्रतिशतभन्दा धेरैले बढ्यो । एसबीआईको ८.२, एनआईसी एसिया बैंकको ६.८ र एभरेस्टको ५.५ प्रतिशतले मूल्य बढ्यो । सयपत्री हाइड्रोको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको मूल्य ७ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक, नबिल, प्रभु बैंक र शिवम् सिमेन्ट क्रमश: अगाडि रहे ।