बोल्सोनारोलाई हराउँदै ब्राजिली राष्ट्रपतिमा लुला विजयी

पूर्व संसार संवाददाता  25 पटक हेरिएको

ब्राजिल — ब्राजिलका राष्ट्रपतिमा पूर्व राष्ट्पति लुइस इनासियो लुला डा सिल्भा निर्वाचित भएका छन् । उनको आइतबार भएको दोस्रो चरणको चुनावमा  वर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई पराजित गरेका हुन् ।

लुलाले ५० दशमलव ९ प्रतिशत मत प्राप्त गरेका छन् । जबकि बोल्सोनारोले ४९ दशमलव १ प्रतिशत मत प्राप्त गरे । अपेक्षा गरिएको भन्दा तीव्र प्रतिस्पर्धात्मक चुनावमा वामपन्थी नेता ७७ वर्षीय लुलाले दक्षिणपन्थी बोल्सोनारोलाई पराजित गरेका हुन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले दशकौंपछि यसपटक भएको चुनावमा दुईविपरीत ध्रुवका उम्मेदवार र मतदाताबीच निकै बढी तिक्कता देखिएको बताएका छन् । तत्कालै यो विभाजन नसकिने बताइएको छ ।

लुलाको जितलाई उनको राजनीतिक पुनरागमनको रुपमा लिइएको छ । सन् २००३ देखि २०१० सम्म ब्राजिलको राष्ट्रपति रहेका लुला सन् २०१८ मा भ्रष्टाचारको आरोपमा जेल परेका थिए । उनलाई राजनीतिमा सहभागी हुन प्रतिबन्ध लगाइएको थियो । ५ सय दिनभन्दा बढी समय जेलमा विताएपछि अदातलले उनलाई रिहा गर्दै प्रतिबन्ध खारेज गरेको थियो ।

लुलाको कार्यकालमा ब्राजिलले तीव्र गतिमा आर्थिक वृद्धि गरेको थियो भने उनको समाजकल्याण सम्बन्धी योजनाको कारण दशौं लाख मानिसले गरिबीबाट छुटाकार पाइका थिए । लगातार दुई कार्यकाल मात्रै राष्ट्रपति हुने पाउने व्यवस्थाको कारण सन् २०१० मा लुलाले राष्ट्रपतिबाट बाहिरिदा उनको लोकप्रियता उच्च रहेको थियो ।

अर्कोतर्फ ब्राजिलका ट्रम्प भनेर चिनिने बोल्सानारोमाथि कोभिड १९ को महामारीको व्यवस्थापन राम्रोसँग गर्न सकेको भन्दै आलोचना हुँदै आएको थियो । बोल्सोनारोको लिएको नीतिको कारण धेरै ब्राजिलियालीहरुले ज्यान गुमाएको थियो ।

यसपटकको चुनावी परिणामलाई विश्वको फोक्सो भनेर चिनिने अमेजनको संरक्षण सम्बन्धमा पनि जोडेर हेर्ने गरिएको छ । बोल्सोनारो बन फँडानी गरेर कृषिलाई जमिन बनाउने पक्षमा थिए भने लुलाले त्यसलाई रोक्ने बताउँदै आएका छन् । लुलाको जितलाई दक्षिण अमेरिकी देशहरुमा वामपन्थी लहरका रूपमा पनि हेरिएको छ ।

तपाईको प्रतिक्रिया