
काठमाडौं । ग्लोबल आइएमई बैंकले आइतबार देखि संयुक्त अधिराज्य बेलायतकोे एल्डरसर्ट मा सम्र्पक कार्यालय सुरुवात गरेको छ । ग्लोबल आइएमई बैंकले नेपालमा सञ्चालित वाणिज्य बैंक मध्ये पहिलोपटक संयुक्त अधिराज्य बेलायतमा सम्र्पक कार्यालय बिस्तार गरेको हो । संयुक्त अधिराज्य बेलायतको एल्डरसटस्थित सम्र्पक कार्यालयको एक समारोहकाबीच नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष चन्द्र ढकालले बैंकले देश भित्र ७ वटै प्र्रदेशमा आफ्नो सेवा विस्तार गरिसेकेको र देश बाहिर पनि अन्य धेरै मुलुकहरुमा आफ्नो सम्र्पक÷प्रतिनिधि कार्यालयहरु संचालन गरेर सम्पूर्ण नेपालीहरु माझ बैंकको सेवा प्रदान गर्न प्रतिवद्ध रहेको बताए ।
समारोहमा एल्डरसटस्थित काउन्सिल लिडडर डेभिड क्लिर्फड, रुस्मो बोरफ काउन्सिलका मेयर सोफिया चौधरी लगायतका उच्च पदस्थ ब्यक्तिहरुले समेत शुभकामना व्यक्त गरेका छन् ।
ग्लोबल आइएमई बैंकले यसअघि अष्टेलियाको सिड्नी तथा भारतको नयाँ दिल्लीमा सम्र्पक कार्यालय खोलिसकेको छ । यि तीन देशका अतिरिक्त अन्य मुलुकहरुमा पनि सम्र्पक कार्यालय खोल्नका लागि आगामी दिनमा प्रकृया अगाडी बढाउने बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले बताए ।
बैंकले हाल १ सय १३ वटा शाखा, १ सय २७ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर ६० शाखा रहित बैंकिङ सेवा मार्फत् नेपालमा ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले हाल कोरिया र भारतबाट सबैभन्दा बढि रेमिट्यान्स नेपालमा भित्रयाउन सफल भएको छ । त्यसैगरि मलेसिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।