झापाको क्षेत्र नं. ५ अन्र्तगत ५ (२) को उम्मेद्वार गगन पुरी आचारसंहिता विपरित गलत आश्वसन बाँड्दै

करोडौको माछा फलाइदिने र गेउरीया खोलामा नाँउ कुदाइदिने भन्दै सोझासिधाको मत संकलन गर्दै

पूर्व संसार  238 पटक हेरिएको

दमक./ झापा दमकका गगन पुरी यसैपनि झुटको खेती गर्न सिपालु रहेकाछन् । रतुवा खोलाको किनारमा रहेको सार्वजनिक तथा सरकारी जग्गा हडपेर अहिले मुद्धा खेपिरहेका उनि झापाको क्षेत्र नं. ५ अन्र्तगत ५ (२) को उम्मेद्वारहुन् ।

उनले आचारसंहिता बिपरीत झापाको कमल गाँउपालिका वडा नं. ६ मा रात्रीकालिन रुपमा सभा अति विपन्न र सोझा सिधा मानिसहरुलाई भेला गरेर गेउरीया खोलालाई रनघन पर्यटकीयस्थल बनाइदिने र यहाँ करोडौ खर्चेर माछा पालन गराएर पैसैपैसा कमाउने बनाइदिने भन्दै मत प्रभावित पार्ने गरि भाषण गरेको भिडियो उनैले फेसबुकमा हालेकाछन् ।

चुरेबाट बग्ने र भारतसम्म पुग्ने गेउरीया खोलामा हिउदमा पानी हुँदैन र बर्षादमा खहरे भेल आउने गर्छ । यस्तो खोला माछा पालन हुन सक्दैन । बग्ने खोलामा माछा पालन सम्भव नभएपनि उनले सोझासिधा मानिसरुलाई अब पोखरी नै बनाउनु नपर्ने र पोखरी बनाउने खर्च पनि नलाग्ने भन्दै खोलामा माछा पालेर धनी बनाईदिने भन्दै लोभ देखाएकाछन् ।

उनले गेउरीया खोलामा नाँउ पनि चलाइदिने बताएकाछन् । उनले भनेकाछन् – पैसा त कति आँउछ कति आँउछ । पोखरीमा माछा पाल्नुभन्दा खोलामा माछा फलाउदा कति फल्छफल्छ भन्दै माछा फलाउने पनि बताएकाछन् । अहिलेसम्म खोलामा माछा फलाउन सकिन्छ भनेर कसैले सोचेको छ ? ल हेर्नु त करोडौको माछा फल्छ, उनले भनेकाछन् । उनले माछा संसार यहि हुने भनेकाछन् ।गगन पुरी निर्वाचन हार्ने अवस्था आएपछि अत्तालिएर जे पायो त्यहि बोल्न थालेको पाईएको छ । बग्ने खोलामा माछा फलाउने र त्यो आम्दानी सिधै सर्वसाधरणले पाउने भनेर अत्यन्त भ्रामक र कपोकल्पित कुरा गरेर के गरेकाहोलान ? कमल ६ का एक मतदाताले भने । मत प्रभावित बनाउनका लागि उनले अनेकौ यस्ता भ्रमहरु छरेको र पैसाको खोलो बगाइदिने आश्वसन उक्त भेलामा दिएको भेलामा सहभागि एक मतदाताले भने

 

Photo & Video Sorce: Gagan Puri

तपाईको प्रतिक्रिया