
गौरादह, ४ कार्तिक,
प्रदेश १ का पूर्व आन्तरिक मामिला मन्त्री समेत रहनु भएका कार्कीले मतदाता सँग गुनासो सुन्ने र प्रतिबद्धता जनाउने गर्नुभएको छ । उहाँका अनुसार वडामा भेला गराइ नागरिकका अपेक्षा सुन्न थालिएको छ । त्यसले नेता र मतदाता विचको सम्बन्ध थप सुदृढ हुने र प्रत्यक्ष नेतालाई गुनासो सुनाउन पाउनु हुने छ, कार्कीले भन्नुभयो, मैले ५ वर्षमा गरेका काम पनि नागरिक समक्ष राख्न पाउछु । मतदाता र कार्की विच प्रश्नोत्तर हुने छ ।
कमलका ४ वटा गौरादहका ८ वटा र गौरीगञ्जका ३ वटा वडाका मतदातासँग दोहोरो सम्वाद गरिदै छ । उहाँको क्षेत्रमा पर्ने १५ वडा मध्ये १२ वटा वडामा त्यसरी कार्यक्रम भइसकेका छन् ।
कार्कीले मतदाताले मुख्य गरि स्वास्थ्य शिक्षा र रोजगारी सँगै पूर्वाधार विकासका मागहरु राख्ने गरेको बताउनुभयो । कतिपय कामहरु वडा मार्फत नै भइसकेका पनि छन्, कति स्थानीय तहबाट भएका छन्, उहाँले भन्नुभयो, अधुरा रहेका र बाकीँ रहेका काम प्रदेश र संघले गर्ने छन् । प्रदेश क का निर्वाचन परिचालन कमिटीका संयोजक अम्बर दास शिवाकोटीले उम्मेद्वार र मतदाता विच प्रत्यक्ष सम्वादले नेता र जनता विचको दुरी घट्ने बताउनुृभयो ।
उम्मेद्वार र मतदाता विच पहिलो चरणको अन्तकृया भोली सम्पन्न हुने निर्वाचन परिचालन कमिटीका सचिव चक्र गुरुङले जानकारी दिनुभयो । एमालेका उम्मेद्वार कार्की सँग कांग्रेसका जिवन राई प्रतिष्पर्धामा छन् ।