
स्मार्टफोनले बच्चाको ध्यान केन्द्रीत गर्ने क्षमतालाई क्षती पुर्याइरहेको छ । नयाँ पीढिलाई पढाउने–सिकाउने शिक्षकका लागि ठूलो चुनौती हो । जेनेरेशन जेड (उमेर १० देखि २४ वर्ष) र जेनेरेशन अल्फा (उमेर ० देखि ९ वर्ष) का बच्चा यस्तो संसारमा पैदा भएका छन् जहाँ स्मार्टफोनले उनीहरुको दिशा तय गरिरहेको छ ।
बच्चाहरु स्मार्टफोन एप्स र स्ट्रिमिङ प्लेटफर्मबाट आइरहेको उत्तेजनाका यति आदी भइसकेका छन् कि कक्षाकोठामा उनीहरु ध्यान केन्द्रीत गर्न सकिरहेका छैनन् ।
समस्या शिक्षकको सामुन्ने पनि तेर्सिएको छ – प्रविधीसँग हुर्किएका बच्चाहरुलाई पारम्परिक शिक्षा कसरी दिने ?
कृपया ध्यान दिनुहोस्ः
बच्चाको मस्तिष्क विकास एक जटिल विषय हो । पछिल्ला केही वर्षमा संसारभरीका अनुसन्धानकर्ताले एकाग्रतामाथि स्मार्टफोन र मिडिया मल्टी–टास्किङको दुष्प्रभावको विषयमा चिन्ता व्यक्त गरिरहेका छन् ।
‘रेजिंग जेनेरेशन टेक’ का लेखक डाक्टर जिम टेलर भन्छन्, ‘प्रविधी, सोसल मिडिया, इन्टरनेटसम्म सहज पहुँच र स्मार्टफोनले बच्चालाई क्षती पुर्याइरहेको स्पष्ट प्रमाण छ ।’
फिलाडेल्फियामा सात र आठ कक्षा (१२ देखि १४) का बच्चालाई पढाउने लोरा शादका अनुसार किशोरहरु औसतमा लगभग २८ सेकेन्डसम्म मात्र ध्यान केन्द्रीत गर्न सक्छन् ।
स्मार्टफोनले उनीहरुको दिमागको विकासलाई प्रभावित गरेको छ र शिक्षकलाई यो समस्या थाहै छैन कि कसरी सुल्झाउने भन्ने थाहै छैन ।
लारा शाद सन् २०१५ मा शिक्षक बनेकी थिइन् । उनलाई डिजिटल युगमा जन्मिएका विद्यार्थीलाई कसरी पढाउने भन्नेबारे कुनै प्रशिक्षण दिइएको थिएन ।