सशस्त्र प्रहरीले ३२९७ जना प्रहरी जवान माग्यो

पूर्व संसार  231 पटक हेरिएको

काठमाडौं–सशस्त्र प्रहरी बलले ठूलो संख्यामा भर्ना खुलाएको छ । सशस्त्र प्रहरी कार्यालयले ३२ सय ९७ जना सशस्त्र प्रहरी जवान माग गरेको हो ।

सशस्त्र प्रहरी बलको शुक्रबार प्रकाशित सूचनाअनुसार खुलातर्फबाट १७ सय ७७, महिला २९७, आदीबासी जनजाती ४७५, मधेसी ४१६, दलित २२२, पिछडिएको क्षेत्र ७४ र अमर प्रहरीबाट ३६ जना गरी कूल ३२ सय ९७ जना जवान माग गरिएको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले आजदेखि आगामी चैत २५ गतेभित्र आवेदन दिन सक्नेछन् ।

तपाईको प्रतिक्रिया