लोकसेवा आयोगको सूचनाः सहसचिव पदको अन्तर्वार्ता तय

पूर्व संसार  95 पटक हेरिएको

काठमाडौं– लोकसेवा आयोगले सहसचिव वा सो सरहको पदका लागि आवेदन दिएका उम्मेदवारमध्ये लिखित परीक्षामा उत्तीर्णहरुको अन्तर्वार्ताको मिति तय गरेको छ ।

आयोगले बुधबार प्रकाशित गरेको सूचनाअनुसार अन्तर्वार्तामा सहभागि हुने उम्मेदवारले पासपोर्ट साइजको फोटो दुईप्रति, आवश्यक न्यूनतम योग्यता एकीन हुने प्रमाणपत्रका साथै दरखास्त फारामको प्रथम र तृतीय पाना २ प्रति भरी ७ दिनभित्र आयोगको दरखास्त व्यवस्थापन केन्द्रमा प्रमाणपत्र प्रमाणित गराउनुपर्ने छ ।

अन्तर्वार्ता र मामिला प्रस्तुतीकरणको मिति बर्णक्रम नम्बरअनुसार फरक फरक दिन तोकिएको छ ।

तपाईको प्रतिक्रिया