प्रहरीमा ३० वर्षे हटाउन एआईजीको दौडधुप, प्रवक्ता भन्छन्-जानकारी छैन

पूर्व संसार  63 पटक हेरिएको

काठमाडौं । अढाइ महिनापछि अनिवार्य अवकाशमा जान लागेका नेपाल प्रहरीका केही अतिरिक्त महानिरीक्षक (एआईजी)हरुले ३० वर्षे सेवा अवधिको प्रावधान खारेज गर्न दौडधुप तीव्र बनाएका छन् । उनीहरु ३० वर्षे प्रावधानको साटो ५८ वर्षको उमेर र पदावधिको हद लागू गराउन चाहन्छन् ।

आगामी प्रहरी महानिरीक्षक पनि २९ चैत ०४४ मा भर्ना भएका इस्पेक्टरहरुकै ब्याचबाट बन्ने बाटो खोल्ने रणनीतिमा छन् एआईजीहरु । उक्त ब्याचका इन्स्पेक्टरहरु अहिले महानिरीक्षक (आईजीपी), एआईजी, नायब महानिरीक्षक (डीआईजी) र वरिष्ठ उपरीक्षक (एसएसपी) सम्म छन् ।

उक्त ब्याचका सबै अधिकृत आगामी २९ चैतमा ३० वर्षे सेवा अवधि पूरा गरेर अनिवार्य अवकाशमा जाँदैछन् । सेवा अवधिको प्रावधान खारेज भएर उमेर र पदावधिको हदमात्र बाँकी रहे ती सबै अधिकृत सेवामा कायम रहनेछन् ।

३० वर्षे प्रावधान खारेज गर्न प्रहरी नियमावली, ०४९ संशोधन गरे पुग्छ । १ पुस ०६६ मा त्यसरी नै नियमावली संशोधन गरेर तत्कालीन गृहमन्त्री भीम रावलले त्यसअघि रहेको ३० वर्ष पूरा गरेपछि दुई वर्ष थप्न सकिने व्यवस्था हटाएका थिए । त्यसयता प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा ३० वर्षे सेवा अवधि र उपरीक्षक (एसपी)भन्दा माथि पदावधिको हद मात्र कायम छ ।

तपाईको प्रतिक्रिया