
उपन्यासकार कृष्ण धरावासीको ‘ग्रेट अफ द पल्स’ वर्ष २०१७ को अनेसास सर्वोत्कृष्ट पुस्तकका रूपमा घोषित भएको छ ।
सर्वोत्कृष्ठ पुस्तक ‘ग्रेट अफ द फल्स’ लार्इ पुरस्कारसहित एक हजार ५०० अमेरिकी डलर प्रदान गरिएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हरेक दुई वर्षमा विश्वभरिका नेपाली साहित्यकारहरुका विभिन्न विधाका कृतिलाई प्रदान गर्दै आएको अनेसास उत्कृष्ट पुस्तक पुरस्कार २०१७ एक समारोहकावीच धरावासीको ‘ग्रेट अफ द पल्स’ उपन्यासलार्इ प्रदान गरिएको हो ।
कार्यक्रममा विभिन्न पुरस्कारद्वारा १९ जना साहित्यकारहरूलार्इ सम्मान गरिएको थियो ।
१९ जना पुरस्कृत हुनेहरुमा अधिकाश उपस्थित भएका थिएनन् । उपस्थित हुनेहरुमा अनेसास शान्तिराम ढकाल अन्तर्राष्ट्रिय नवप्रतिभा साहित्य पुरस्कार शकुन ज्ञवालीको तिमी र म कवितासङ्ग्रहलाई प्रदान गरिएको छ ।
यसैगरी अनेसास शिव लामिछाने सर्वोत्कृष्ट छन्दोबद्ध काव्य पुरस्कारका लागि कवि सुदीपभद्र खनालको भुइँफूलको गीत कवितासङ्ग्रहलाई दिइएको छ ।
यसैगरी अनेसास गोबर्धन पूजा अन्तर्राष्ट्रिय भाषासाहित्य पुरस्कारका लागि कवयित्री कल्पना सत्यालको कवितासङ्ग्रह द विलो लाई दिएको छ ।
कार्यक्रमका लागि अनेसासका पूर्व पदाधिकारीहरु,अमेरिकाका विभिन्न राज्यहरुबाट आएका पदाधिकारी, साहित्यकार, अतिथि तथा बिभिन्न संघ/संस्थाका प्रतिनिधिहरु को सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदुत अर्जुनकुमार कार्की (बिद्या वारिधि )ले कार्यक्रमको पानसमा बत्ति बाली उद्घाटन गरेका थिए ।
कार्यक्रममा राजदुत कार्कीले मन्तब्य राख्ने क्रममा बिदेशमा भाषा संस्कृतिलाई साहित्यकारहरुले योगदान गरेको कुराको प्रशंसा गर्न चाहेको बताए ।
अमेरिकामा जन्मेका दोश्रा पुस्ताका बालिकाहरुले नेपाली तथा अंग्रेजी दुवै देशका राष्ट्रिय गीत गाएका थिए । कार्यक्रमको सभापतित्व केन्द्रीय अध्यक्ष पदम बिश्वकर्माले गरेका छन् भने संस्थापक अध्यक्ष होमनाथ सुबेदी, पूर्व अध्यक्षहरु, बोर्ड अफ ट्रस्टीका सभापति डा. श्याम कार्की , अनेसास बोर्ड अफ ट्रस्टिज् पुरस्कार समितिका अध्यक्ष सीता पाण्डे लगायत अन्यको उपस्थिति रहेको थियो ।
बोर्ड अफ ट्रस्टीका सभापति डा. श्याम कार्कीले सर्बोत्कृष्ट पुरस्कार अब क्षेत्रीय रुपमा गर्नु पर्ने बताए । यसको साथै बिजेताहरुका पुस्तक कम्तिमा पनि एक हजार बेच्ने प्रयास गर्नु पर्ने कुरामा जोड दिए ।