नयाँ अध्ययनः फ्लु भाइरस श्वास फेर्दा मात्र पनि सर्छ

पूर्व संसार  131 पटक हेरिएको

अक्सर कुनै फ्लुले महामरीको रुप लिएपछि सावधान गराइन्छ, ‘कसैसँग भेट्दा हात मिलाउने होइन, नमस्कार गरौं ।’

नमस्कार यसकारण कि, संक्रमित व्यक्तिसँगको सम्पर्कभन्दा टाढा रहनु । हामी भेटघाटमा हात मिलाउँछै, अंकमाल गर्छौं । यसरी अर्को व्यक्तिसँगको सम्पर्कबाट फ्लु सजिलै सर्न सक्छ । त्यसैले संक्रमित व्यक्तिसँग दुरी बनाउनुपर्छ भनिएको हो ।

हामीलाई थाहै छ, फ्लु खोक्दा वा हाच्छिउँ गर्दा संक्रमित व्यक्तिबाट नजिकै रहेको स्वस्थ व्यक्तिमा सर्ने गर्दछ ।

फ्लुको संक्रमणबाट बच्ने एउटा उपाय भनेको संक्रमित व्यक्तिको सम्पर्कबाट टाढा रहनु नै हो । यसो भन्दैमा बिरामीलाई अलपत्र पार्ने कुरा होइन । उनीहरुलाई रेखदेख गर्नुपर्छ । तर, सावधानीपूर्वक ।

जब फ्लुले सताउन थाल्छ, हामी भन्ने गर्छौं,

१. फ्लुबाट बच्न बारम्बार हातलाई नाक, मुख, आँखामा नलग्ने ।

२. खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने ।

३. अभिबादन गर्दा हात नमिलाउने बरु नमस्कार गर्ने ।

४. संक्रमित व्यक्तिले प्रयोग गरेका सामानहरु प्रयोग नगर्ने ।

५. बिमारीले खोग्दा निस्किएका छिटाहरु हुनसक्ने ठाउँहरुलाई राम्ररी सफा गर्ने ।

तर, यतिले मात्र पुग्छ त ?

हालै ˆलु सम्बन्धी नया अनुसन्धानको नतिजाले ˆलु भाइरस सर्ने बारेमा नयाँ तर नितान्त भिन्न तथ्य सार्बजनिक गरेको छ जसले हालसम्मको ˆलु सम्बन्धी ज्ञानमा नै ठुलो परिवर्तन ल्याइदिएको छ ।

मेरिल्याण्ड युनिभर्सिटी, अमेरिकामाका प्राध्यापक मिल्टनको टिमले गरेको अनुसन्धानले यो रोचक नया तथ्य हालै मात्र अत्यन्तै प्रतिष्ठित अमेरिकी जर्नल ‘पि्रसिदिंग अफ द नेशनल एकेडमी अफ साइन्स’मा प्रकाशित गरेको छ। हाल ˆलु को महामारी बिश्वमा नै देखिरहेको अवस्थामा यो नतिजाले थप नया तरंग पैदा गरिदिएको छ ।

सन् २०१२ को डिसेम्बर देखि सन् २०१३ को मार्च सम्म गरेको यो अनुसन्धानमा त्यहि युनिभर्सिटीमा स्वंमसेवक हरुमा यो अनुसन्धान गरिएको थियो । अनुसन्धानको क्रममा संक्रमित व्यक्तिले खोक्दा वा हाच्छिउँ नगर्दा पनि हावामा फ्लु को भाइरस ˆयाकिरहेको हुने र त्यो हावामा रहेको भाइरस पार्टीकल अर्को स्वस्थ व्यक्तिले सास लिदा संक्रमित हुने देखिएको छ ।

अब के गर्ने त ?

यो नतिजाले ˆलुबाट बच्ने सबै भन्दा उत्तम उपाय भनेको संक्रमित ब्यक्तिनै घरमा बसेर आराम गर्ने र घर, कार्यालय वा बिद्यालय जस्ता सार्बजनिक ठाउँहरुमा हावा राम्रोसँग वारपार हुने भेन्टीलेटरहरुको व्यवस्था हुनु पर्ने देखाउदछ ।

फ्लुबाट बच्ने अरु उपायहरु जस्तै बारम्बार हात नाक,मुख,आखामा नलग्ने, खोक्दा वा हाच्छिउँ गर्दा बाहुलिले मुख छोप्ने, अभिबादन गर्दा हात नमिलाउने, संक्रमित व्यक्तिले प्रयोग गरेका सामानहरु प्रयोग नगर्ने जस्ता उपायहरुबाट पूर्ण रुपमा फ्लु बाट सुरक्षित नहुने भएता पनि यी उपायहरु भाइरसको तिब्र प्रसारण रोक्नलाई भने एकदम उपयोगी हुनेमा दुइ मत देखिदैन ।

किनभने फ्लु भाइरस अत्यन्त तिब्र गतिमा सर्ने र हाल नेपालमा पनि फैलदो क्रममा रहेकोले बच्ने पूर्व उपायहरु अपनाउने र दिर्घ रोगीहरुले खोप लगाउनाले अस्पताल भर्ना र मानविय क्षति अति कम गर्न सकिने छ ।

लेखक शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका संयोजक, क्लिनिकल रिसर्च युनिट हुन् ।

तपाईको प्रतिक्रिया