
काठमाडौं । अमेरिकाको अलास्का तटीय क्षेत्रलाई केन्द्र बनाए शक्तिशाली भूकम्प गएको छ । लगतै स्थानीय प्रशासनले सुनामीको चेतावनी दिएको छ ।
स्थानीय समय अनुसार मध्यरातमा ८.२ रेक्टर स्केलको भूकम्प गएको छ, जसको केन्द्रविन्दु कोडिलबाट १७५ माइल दक्षिणपूर्व रहेको सीएनएनले जनाएको छ । बीबीसीले भने भूकम्प ७.९ रेक्टर स्केलको भएको उल्लेख गरेको छ ।
भूकम्पपछि स्थानीय प्रशासनले अलास्का, बोलम्बिया क्षेत्रमा सुनामीको चेतावनी दिएको छ ।