प्रदेश प्रमुख आए, पशु कार्यालयका हाकिम भर्‍याङमुनि छिरे !

पूर्व संसार  48 पटक हेरिएको

विराटनगर । सरकारले अस्थायी मुकाममा हतार-हतार प्रदेश प्रमुखको कार्यालय छनोट गर्दा त्यहाँ बस्दै आएका खास कार्यालय प्रमुख भने भर्‍याङमुनि बस्नुपर्ने अवस्था आएको छ ।

कुरा हो, प्रदेश १ को प्रदेश प्रमुखको कार्यालय राखिएको विराटनगरस्थित क्षेत्रीय पशुसेवा निर्देशनालयको ।

बिराटनगरस्थित पशु निर्देशनालयमा प्रदेश प्रमुख गोविन्द सुब्ब्ााको कार्यालय राखिएपछि सोही कार्यालयका प्रमुख डा. तेजबहादुर रिजाल अहिले कार्यकक्षविहीन भएका छन् । उनको कार्यकक्ष रहेको कोठामा प्रदेश प्रमुख सुब्बाको कार्यकक्ष बनाइएको छ ।

डा. रिजाल कार्यकक्षविहीन भएपछि तीन दिनदेखि कार्यालयको भुइँ तल्लाको भर्‍याङको प्यासेजमा बस्दै आएका छन् ।

मंगलबार बिहान ११ बजे पशु सेवा निर्देशनालयमा पुग्दा कार्यालय डा. रिजाल भुईं तल्लाको भर्‍याङ नजिकै प्यासेजमा कर्मचारीसँग गफिइरहेका थिए ।

कर्मचारीलाई प्रदेश प्रमुखको सचिवालयका सचिव को हुनु हुनुहुन्छ ? भनी जिज्ञासा राख्दा कार्यालय प्रमुख डा. रिजालले आक्रोश व्यक्त गर्दै भने ‘हामी चिन्दैनौं, को हो सचिव सचिव !’

किन रिसाए भनेर बुझ्दा पो थाहा भयो, उनी कार्यकक्षविहीन बनाइएपछि आक्रोशित भएका रहेछन् ।

तपाईको प्रतिक्रिया